बिहीबार, १३ वैशाख २०८१

‘पुलिसको डण्डाले पेलिएका मेरा करङ हिजोभन्दा आज दुख्दैछ’

समयपोष्ट २०७७ मंसिर १८ गते १४:१९

Advertisement

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीर दिउँसोभन्दा साँझ दुखाइ बढ्दै गएको बताउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले फेसबुकमा लेख्नुभएको छ, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो,’‘हिजोभन्दा आज दुखाइ बढी छ ।’

सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको पौडेलले बताउनुभएको छ । ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उहाँले भन्नुभएको छ , ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

बुधबार पौडेललाई गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री