बुधबार, १२ वैशाख २०८१

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन

समयपोष्ट २०७७ मंसिर १८ गते १२:००

Advertisement

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को लागि वितरण गर्ने घाेषणा गरेकाे लाभांश परिमार्जन गरी साढे १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

इन्स्योरेन्सले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतका दरले बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर रकमका लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ।

यसअघि इन्स्योरेन्सले सो आर्थिक वर्षको लागि १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गरी कुल १७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो अनुसार बीमा समितिमा पेश गरिएको वित्तीय विवरणमा समितिले सो विवरण निर्देशिका अनुसार नभएका कारण परिमार्जन गर्न निर्देशन दिएको थियो।

सोही निर्देशन अनुसार मंसिर १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले वित्तीय विवरण परिमार्जन वित्तीय विवरणसँगै नगद लाभांश घटाइ बोनस शेयरमा जोड दिई नयाँ लाभांश प्रस्ताव गर्ने निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री