शुक्रबार, १६ चैत २०८०

एभरेष्ट बैंकद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना

समयपोष्ट २०७७ मंसिर १७ गते १५:३६

Advertisement

एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ ।

सो शवदाह गृहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको उपस्थितीमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई हस्तान्तरण भयो ।

यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदुषण नियन्त्रण गर्न मद्दत गर्नेछ ।

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री