शुक्रबार, १६ चैत २०८०

महालक्ष्मी विकास बैंकको भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

समयपोष्ट २०७७ मंसिर १७ गते १५:२६

Advertisement

महालक्ष्मी विकास बैंक लि. ले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

भिसा कन्ट्याक्टलेस कार्ड Near Field Communication (NFC) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंक लि. भिसा कन्ट्याक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री