शनिबार, ८ वैशाख २०८१

माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट

समयपोष्ट २०७७ मंसिर १७ गते १२:१७

Advertisement

माउण्टेन इनर्जीको आईपीओ आज बाँडफाँट भएको छ ।

१ लाख ८३ हजार २६ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ५ जनालाई १ कित्ताका दरले थप गरिएको छ । कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४ सय १० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि १८ लाख ३० हजार २ सय ६५ कित्ता सेयर बिक्री खुला गरेको होे । यो आईपीओमा सर्वसाधारणले ७.६१ गुणा बढी आवेदन दिएका थिए । माउण्टेनले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३ सय ६१ कित्ता कर्मचारीलाई र ५प्रतिशत अर्थात ९८ हजार ४सय १ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री