बिहीबार, ६ वैशाख २०८१

राष्ट्रिय बीमा कम्पनीको २०६८/६९ को वार्षिक प्रतिवेदन स्वीकृत

समयपोष्ट २०७७ मंसिर १७ गते ११:४५

Advertisement

बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०६८/६९ सालको वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।

समितिले एक साताभित्र आर्थिक वर्ष २०६९/७० को वार्षिक प्रतिवेदन तयार पारिसक्न पनि निर्देशन दिएको छ। यसपछि कम्पनीको साधारणसभा हुने छ।

कम्पनीले पुरानो हिसाबकिताबका आधारमा १२० प्रतिशत लाभांश वितरण गर्न स्वीकृति माग गरेको थियो। समितिले अन्तिम प्रतिवेदन तयार नभएसम्म लाभांश स्वीकृत नगर्ने जनाएको छ।

कम्पनीले गत आर्थिक वर्ष ६३ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री