बिहीबार, १३ वैशाख २०८१

राजावादी र सरकार आमनेसामने

समयपोष्ट २०७७ मंसिर १७ गते ८:२६

Advertisement

राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरुमा हुन थालेपछि गृहमन्त्रालयले विरोध र्याली, सभा, जुलुसलगायत गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्देशन अटेर गरिए बल प्रयोग हुने मन्त्रालयले चेतावनी दिएको छ ।

काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले महामारीका बेला राजनीतिक गतिविधि वा भेला–जुलुस आयोजना गर्दा महामारीलाई प्रश्रय दिने भन्दै त्यस्ता गतिविधि नियन्त्रणमा लिइने बताए ।

पछिल्लो समय सडकमा राजनीतिक गतिविधि बढेको र यसले संक्रमणको अवस्थालाई भयावह तुल्याउने देखेरै यस्ता गतिविधि नगर्न भनेका छौँ,’ उनले भने । उनले सडकमा प्रदर्शन नगर्न राजनीतिक दल र अभियानकर्ताहरुलाई पनि अग्राह गरे । यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री