बुधबार, १२ वैशाख २०८१

त्रिविमा बेरुजु नराख्न निर्देशन

समयपोष्ट २०७७ मंसिर १६ गते २१:१९

Advertisement

विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले त्रिविमा आर्थिक अनुशासन कायम गर्दै बेरुजु न्यूनीकरण गर्न कुनै कसुर बाँकी नराख्न सम्बन्धित विभागलाई निर्देशन दिनुभएको छ ।

उहाँले आन्तरिक लेखा परीक्षणमा एकरुपता कायम गरी लेखा परीक्षणमा सम्लग्न कर्मचारीलाई बेरुजु फछ्र्यौटमा समन्वयको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी शासक होइनाँै सेवक हौँ भन्ने भावनाका साथ सहजीकरण सम्बन्धित महाशाखाले बेरुजुलाई क्रमशः शून्य अवस्थामा ल्याउन आवश्यक छ ।”

विश्वविद्यालय रजिष्ट्रारको कार्यालयद्वारा आयोजित आन्तरिक लेखा परीक्षण, बेरुजु फछ्र्याैट र सम्परीक्षणसम्बन्धी दुई दिने तालीमको उद्घाटनका अवसरमा उपकुलपति डा बाँस्कोटाले उक्त निर्देशन दिनुभएको हो । शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले बेरुजु फछ्र्यौट कार्यलाई वार्षिक रुपमा समीक्षा आर्थिक अनुशासन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले समग्र विश्वविद्यालयको आर्थिक क्रियाकलापलाई प्रविधिमा रुपान्तरण (सफ्टवेयर निर्माण) गरेर बेरुजु न्यूनीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

तालीममा आन्तरिक लेखा परीक्षणलाई व्यवस्थित गर्ने, समग्र बेरुजुको अवस्थाका बारेमा सिंहावलोकन गरी बेरुजु फछ्र्यौटलाई प्रभावकारी कार्यान्वयन गर्ने र सम्परीक्षण कार्यलाई थप व्यवस्थित पार्ने विषयमा छलफल हुनेछ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले विश्वविद्यालयमा आर्थिक पारदर्शिता र अनुशासनको अवस्था विकराल रहेकाले विद्यमान नियम÷कानूनसँग बाजिएका सम्पूर्ण आर्थिक गतिविधिलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री