मंगलबार, ४ वैशाख २०८१

ज्योति विकास बैंकद्धारा ‘स्क्यान एण्ड विथ ड्र’ सेवा सुरु

समयपोष्ट २०७७ मंसिर १६ गते १८:१९

Advertisement

ज्योति विकास बैंक लिमिटेडले ‘स्क्यान एण्ड विथ ड्र’ सेवा संचालनमा ल्याएको छ। सो सेवाअन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन्।

‘स्क्यान एण्ड विथ ड्र’ मार्फत काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ। बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ।

सो सेवा संचालनपश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटीएम कार्ड बोकिरहनुपर्ने छैन। आधुनिक बैंकिङ्ग प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री