शेयरबजार झण्डै २१ अंकले घट्यो, नेप्से १४४७.११ अंकमा
आज शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से सूचक २०.५७ अंकले घट्दा बजार १४४७.११ अंकमा ओर्लिएको छ।
‘क’बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१५ अंकले घटेर ३०४.८६ अंकम झरेको छ। कारोबारको सुरुवातमा शेयर बजार तीन अंकले बढेको भएपनि त्यसपछि बजार लगातार घटेको थियो।
आज अन्य बाहेको सबै उपसूचक घटेका छन्। अन्य ०.८२ प्रतिशतले बढेको छ। बैंक १.४५, ट्रेडिङ २.४१,होटल १.११, विकास बैंक २.२१, जलबिद्युत १.८४, फाइनान्स २.१६,बीमा १.८३, उत्पादन मुलक १.२१ र लघुवित्त १.८४ प्रतिशतले घटेका छन्।
आज १५९ कम्पनीका १० लाख ३८ हजार कित्ता शेयर ५४ करोड रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको शेयर आठ करोड ३३ लाख रुपैयाँमा खरिद बिक्री भयो।
आज सबैभन्दा बढी महुली सामुदायिक लघुबित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशत कमाए भने प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाए।
प्रतिक्रिया