बिहीबार, १३ वैशाख २०८१

कांग्रेसले किसुनजीको बाटो भुल्दै गएको नेताहरुको चिन्ता

समयपोष्ट २०७४ पुष ७ गते १५:३९

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराई (किसुनजी)ले देखाएको बाटो काँग्रेसले भुल्दै गएको बताएका छन्

Advertisement

किसुनजी अध्ययन केन्द्रले स्व कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘किसुनजी र अबको काँग्रेस’ विषयक विचार गोष्ठीमा नेता सिंहले पार्टीलाई बलियो बनाएर किसुनजीले देखाएको बाटोमा हिँडे मात्र किसुनजीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । “काँग्रेसले किसुनजीको योगदानबाट पाठ सिक्नुपर्छ”– उनले भने

उनले स्व भट्टराईले नेपाली राजनीतिमा गरेको त्याग र संघर्षलाई आम जनतामाझ पु¥याउनु जरुरी रहेको बताए ।

काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले किसुनजीको राजनीतिक जीवनबाट काँग्रेसले धेरै पाठ सिक्नुपर्ने बताए। “किसुनजीको आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ”– उनले भने।

उनले किसुनजी पार्टीभित्र सबैलाई मिलाएर लैजानसक्ने क्षमतावान् नेताका रुपमा रहेको स्मरण गर्दैै आफू हारेर पनि पार्टीलाई सधैँ बलियो बनाउने प्रयत्नमा लाग्ने नेता भट्टराई भएको चर्चा गरे ।

काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले किसुनजीको निष्ठा, त्याग र योगदानका बारेमा भावी पुस्ताले अध्ययन गर्नुपर्ने बताए ।

काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले किसुनजीले नेपाली राजनीतिमा गरेका योगदानलाई भावी पुस्तासम्म पु¥याउन अध्ययन केन्द्रले महत्वपूर्ण काम गर्नुपर्ने सुझाव दिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री