शुक्रबार, १६ चैत २०८०

 एमाले र माओवादीको महत्वपूर्ण वैठक आजै ,पार्टी एकता बारे टुंगो लाग्ला ?

समयपोष्ट २०७४ पुष ७ गते ५:२२

आज १ बजे एमाले स्थायी समितिकोे बैठक वामदेव निवास भैंसेपाटीमा  बस्दैछ ।  बैठकले पार्टी एकता, निर्वाचनको समीक्षा र सरकार गठनका विषयमा ठोस धारणा तय गर्ने बुझिएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको  पहिलो बैठकमा समसामयिक विषयमा छलफल हुने एमाले प्रचारविभाग सचिव बिष्णु रिजालले जानकारी दिए ।

Advertisement

एकता संयोजन समितिको बैठक आजै 

यसैगरी  माओवादी केन्द्र्रको पार्टी एकता संयोजन समितिको बैठक समेत आजै बस्ने तयारी भएको छ । एकता संयोजन समितिका सदस्य एवम् माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकबाट एकताको प्रकृया सुरु हुनेछ ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम छन् ।  त्यस्तै माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायाकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री