शुक्रबार, ७ वैशाख २०८१

नेपालमा ३५ देशका ११ सय विदेशी कैदीबन्दी: तेस्रोलिंगीलाई राख्न समस्या

समयपोष्ट २०७४ पुष ७ गते १:१९

नेपालको कारागार व्यवस्थापन भद्रगोल छ । मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् । तर, कारागार व्यवस्थापन विभागका अनुसार तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ । करागारको क्षमता बढाउन नसकिएपछि बन्दी व्यवस्थापनमा समस्या देखिएको छ ।

Advertisement

तेस्रोलिंगीलाई राख्न समस्या 
विभागका अनुसार कारागारमा तेस्रोलिंगी कैदीबन्दी आउँदा व्यवस्थापनमा ठूलो समस्या आउने गरेको छ । तेस्रोलिंगी कैदीबन्दीलाई पुरुष र महिला दुवै रहने कारागारमा राख्न नसकिने भएकाले समस्या आउने गरेको विभागको भनाइ छ । विभागका अनुसार तेस्रोलिंगी कैदीबन्दी राख्न छुट्टै ठाउँ नभएकै कराण गोलघरभित्र राख्नुपर्ने अवस्था आएको छ ।

गोलघरमा सामान्यतः गम्भीर अपराधीलाई राख्ने गरिन्छ । ‘तेस्रोलिंगी कैदीबन्दीलाई राख्न समस्या छ । पुरुष र महिला दुवै रहने ठाउँमा पनि राख्न नसकिने रहेछ । त्यसैले उनीहरूलाई गोलघरमा राखिने गरिएको छ,’ विभागका महानिर्देशक घिमिरेले भने ।

११ सय विदेशी कैदीबन्दी 
मुलुकभरका ७४ कारागारमा अहिले ३५ देशका ११ सय विदेशी कैदीबन्दी छन् । त्यसमध्ये ९० प्रतिशत भारतीय कैदीबन्दी छन् । त्यसपछि बंगलादेश र पाकिस्तानका कैदीबन्दी धेरै छन् । उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दा र विदेशी मुद्रा अपचलनमा सजाय भोगेकाहरू छन् ।

सरकारले बजेट नदिँदा नुवाकोटको कारागार बनेन 
सरकारले बजेट नदिएपछि नुवाकोटमा बन्ने भनिएको मुलुककै ठूलो कारागार निर्माण अलपत्र बन्न पुगेको छ

। सात हजार चार सय क्षमताको कारागार निर्माण आव ०७३-७४ मै सुरु भएको थियो । तर, सरकारले चालू आर्थिक वर्षका लागि आवश्यक बजेट नदिएपछि निर्माण कार्य अलपत्र बन्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री