शनिबार, ८ वैशाख २०८१

प्रकाशमान सिंहले दिए देशभरका काँग्रेस कार्यकर्तालार्इ मनपर्ने अभिब्यक्ति

समयपोष्ट २०७४ पुष ६ गते १५:३८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकिएको बताएका छन् ।

Advertisement

नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँले आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताए ।

पूर्वमहामन्त्री सिंहले जनतालाई पार्टी मन परे पनि नेतृत्व मन नपरेका कारण धेरै स्थानमा हार व्यहोर्नुपरेको विचार व्यक्त गर्दै भने , “पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टीमा सुधार आवश्यक छ ।” पार्टीभित्र पदाधिकारी, केन्द्रीय सदस्य र विभागले पूर्णता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले काँग्रेस मजदुरको जगमा उभिएको पार्टी भएकाले मजदुरको समस्या समाधानका लागि पार्टीले विशेष चासो दिनुपर्नेमा जोड दिए । ट्रेड युनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईले श्रमिकको अधिकार स्थापना गर्नका लागि आफूहरु सधैँ क्रियाशील रहेको र संस्थालाई पनि पार्टीको सहयोग आवश्यक रहेको बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री