बिहीबार, १५ चैत २०८०

यस वर्ष धानखेतीमा बाढीको प्रभाव न्युन,१ लाख ८४ हजार ५०० मेट्रिक टन धान उत्पादन

समयपोष्ट २०७४ पुष ६ गते ११:१५

यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ ।समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।

साउनको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण बाढीले धानखेतीमा केही क्षति पुगे पनि उत्पादनमा कमी नआएको साहले बताए। आर्थिक वर्ष २०७४/७५ मा कृषकले करिब ४१ हजार हेक्टरमा सोना मन्सुली, सावित्री, स्वर्णसव–१ सावा, मन्सुली र राधा–११ जातको अगहनी धानखेती गरेका थिए । सो क्षेत्रफलमा कूल एक लाख ८४ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।

उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल २ हजार ४०० देखि २ हजार ५०० मूल्यमा बिक्री भइरहेको छ । कूल ४ अर्ब ६१ करोड २५ लाख बराबरको एक लाख ८४ हजार ५०० मेट्रिक टन अगहनी धान उत्पादन भएको छ ।

Advertisement

गत आवमा कूल ४१ हजार १३१ हेक्टर क्षेत्रमा विभिन्न जातको अगहनी धानखेती गरिएको थियो । २ अर्ब ७३ करोड ५१ लाख ८७ हजार बराबरको एक लाख ३० हजार २४७ मेट्रिक टन अगहनी धान उत्पादन भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री