मंगलबार, ११ वैशाख २०८१

‘म समानुपातिकमा पर्छु त ?’

समयपोष्ट २०७४ पुष ६ गते १:३९

विभिन्न दलका समानुपातिकतफका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगमा समानुपातिक एकाईमा पुगे ।

Advertisement

उनीहरु आफु सांसद बन्न पाईन्छ या पाइँदैन भन्ने जिज्ञासा लिएर त्यहाँ पुगेका थिए ।

एकाईका कर्मचारीसंग उनीहरुले एकएक गरी सोधे, समानुपातिकमा म पर्छु कि पर्दिनँ ? महिला नै चाहिने हो र ? क्रमसंख्या तलमाथि गर्न पाईन्छ कि पाइँदैन ?

समानुपातिकतर्फको मतगणना सकिए पनि  दलहरुले पाउने सिटसंख्या आयोगले सार्वजनिक गर्न सकेको छैन ।

एकाईका कर्मचारीका अनुसार यसरी सोध्नेमध्ये धेरैजसो पुरुष थिए ।

आयोगका एक कर्मचारीले भने, समानुपातिक सांसदमा हामी पर्छौ कि पर्दैनौँ ? आफन्त पर्छन् कि पर्दैन, भनेर सोध्न आउँछन् । सोमबारमात्रै ९ जना आए ।

आजको नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री