बिहीबार, ६ वैशाख २०८१

नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्चमा कीर्ते जाहेरी दर्ता

समयपोष्ट २०७४ पुष ५ गते १५:०७

पूर्व डिआइजी तथा  नवनिर्वाचित प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालविरुद्ध सर्वोच्च अदालतमा कीर्ते जाहेरी दर्ता भएको छ ।

Advertisement

उनीविरुद्ध सरकारको तर्फबाट आज अदालतमा कीर्ते जाहेरी दर्ता भएको हो । उनीमाथि आइजीपी नियुक्तिको विवादका क्रममा  कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको अभियोग छ ।

सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा आफू सिनियर भएको दाबी सहित उनी सर्वोच्च पुगेका थिए ।

तर, उनले रिट निवेदनमा  संलग्न गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री