शनिबार, ८ वैशाख २०८१

स्ट्याण्डर्ड चार्टर्डले साधारण सभाको मिती तय गर्यो , शतप्रतिशत बोनस पारित हुने

समयपोष्ट २०७४ पुष ५ गते ५:३७

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ औँ बार्षिक साधारण सभाको मिती तय गरेको छ ।  गत बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई एक बराबर एक अर्थात शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको बैंकले पुष २६ गते साधारण सभा डाकेको छ ।

Advertisement

बैंकको  ३१ औँ साधारण सभाले शतप्रतिशत बोनसका साथै कर प्रयोजनका प्रतिसेयर पाँच रुपैयाँ छब्बिस पैसाको दरले नगद लाभांस वितरण प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने  तथा  साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । शतप्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री