बुधबार, १२ वैशाख २०८१

एकल संक्रमणीय वा बहुमतीय भन्नेमा विवाद,सिट बढाउने आ–आफ्नै दाउ

समयपोष्ट २०७४ पुष ५ गते १:३३

राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् ।

Advertisement

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय वा बहुमतीय भन्नेमा विवाद चर्किए पनि यसको मूल चुरो निर्वाचन प्रणालीका गुण–दोष नभई त्यसबाट आउने परिणामको आकलन नै हो ।

बहुमतीय प्रणालीअनुसार निर्वाचन भए प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई तिहाइकै हाराहारी सिट जितेको वामपन्थी गठबन्धन थप बलियो बन्नेछ भने एकल संक्रमणीय प्रणाली अपनाउँदा दोस्रो ठूलो दल कांग्रेसलाई ठूलो राहत मिल्ने देखिन्छ ।

सरकारले दुई महिनाअघि राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेशमा प्रस्तावित एकल संक्रमणीय निर्वाचन प्रणाली लागू गराउन सके राष्ट्रिय सभामा ९ देखि १४ सिट सुरक्षित गर्ने सम्भावना रहेको कांग्रेसलाई त्यसअघि आफंैले संसद्मा लगेको विधेयकमा जस्तो बहुमतीय प्रणाली अपनाउँदा माथिल्लो सदनमा उपस्थिति जनाउनै हम्मे पर्छ ।

एकल संक्रमणीय प्रणाली लागू भए राष्ट्रिय सभामा ९ देखि १४ सिट सुरक्षित गर्न सकिने कांग्रेसलाई लागेको छ भने बहुमतीय प्रणालीमा गए ती सिट पनि आफ्नै भागमा पर्ने वाम गठबन्धनको बुझाइ छ । विज्ञहरु भने जुनै प्रणाली स्वीकार गरिए पनि समानुपातिक–समावेशी प्रतिनिधित्वमा ताफ्विक फरक नपर्ने बताउँछन् । आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री