शनिबार, ९ साउन २०७८

निजामती सेवामा बढ्दो आकर्षण, पाँच लाख ९९ हजार ६६८ दर्खास्त आवेदन

समयपोष्ट २०७४ पुष ४ गते १२:२१

पछिल्लो समयमा निजामती सेवामा आकर्षण बढ्दै गएको छ । निजामतीका आकर्षण बढ्दै गएपछि लोकसेवा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पनि वर्षेनी बढेको छ ।

Advertisement

दश वर्षको अवधिमा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पाँच गुणा बढेको पाइएको छ । आयोगका उपसचिव देवीप्रसाद सुवेदीले आर्थिक वर्ष २०६४/६५ देखि आव २०७३/७४ सम्म आयोगमा दर्खास्त दिने आवेदनको सङ्ख्या पाँच गुणा बढेको बताए । यो सङ्ख्या निजामतीतर्फको स्वास्थ्यसहितको रहेको छ ।

उनका अनुसार २०६४/६५ मा कूल एक लाख ७५ हजार १२१ जनाले आवेदन दिएकामा गत आव २०७३/७४ मा आठ लाख ४४ हजार २९७ सङ्ख्या पुगको छ । आव २०७२/७३ भन्दा गत आवमा दुई लाख ४९ हजार २६६ जनाले बढीले दर्खास्त आवेदन दिएका थिए । आव २०७२/७३ मा पाँच लाख ९५ हजार ३१ जनाले दर्खास्त आवेदन दिएका छन् ।

Advertisement

निजामती सेवाको लोकप्रियता देखेर अहिले दर्खास्त दिनेको सङ्ख्या बढेको उनले बताए । आव २०६५/६६ मा ८६ हजार १८६, आव २०६६/६७ मा तीन लाख ४६३, आव २०६७/६८ मा दुई लाख ५१ हजार ६५१ र आव २०६८/६९ मा दुई लाख ७१ हजार ५७७ जनाले दर्खास्त आवेदन दिएको पाइएको छ ।

यसैगरी आव २०६९/७० मा तीन लाख ६८ हजार ८०५, आव २०७०/७१ मा पाँच लाख ६० हजार ९१५ र आव २०७१/७२ मा पाँच लाख ९९ हजार ६६८ दर्खास्त आवेदन दिएका थिए ।
पूर्वप्रशासक विमल कोइरालाले अन्य ठाउँमा रोजगारको अवसर नहुँदा बाध्य भएर निजामती सेवामा प्रवेश गर्नको सङ्ख्या वर्षेनी वृद्धि भएको बताए ।

“रोजगारीको सम्भावना कतै छैन । अनि आफ्नो कोही नभएकाले जाने एक मात्र ठाउँ नै लोक सेवा आयोग हो”, उनले भने, “परीक्षा स्वच्छ हुन्छ भनेर नै धेरैले त्यहाँको परीक्षामा सामेल हुन थालेका छन् ।” पूर्वप्रशासक कोइरालाले सङ्ख्यात्मक हिसाबले बढे पनि गुणस्तर भने नबढेको बताए। रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री