शुक्रबार, १६ चैत २०८०

यी हुन् सर्पको विष झार्ने पूर्व सैनिक

समयपोष्ट २०७४ पुष ४ गते ३:३४

पुरुषोत्तम सुवेदी
नवलपरासीका यएक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् ।

Advertisement

नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बनेका छन् । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुन् ।

विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिईसकेका छन् । भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ ।

सेवा प्रदान गर्दै आएका थापाको भनाइ छ । विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ ।

सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ ।
आफ्नो कामबारे प्रचारप्रसार गरिदिन आग्रह गरेका छन । थापाको मोबाइल नं ९८०४४९१९४१ छ । आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ । “आजसम्म मसँग सबै विषालु सर्पले टोकेर आएका मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”, थापाले भने । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री