बिहीबार, १३ वैशाख २०८१

चुनावपछि नेताहरू काठमाडौं, युवाहरुको यस्तो बेहाल

समयपोष्ट २०७४ पुष ४ गते १:३५

अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे ।

Advertisement

दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् ।

‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ छरेर कात्तिकमै जाने मन थियो, गाउँका नेताले चुनाव आउनै लाग्यो । भोट हालेर जाऊ भनेकाले रोकियौं ।’

१० वर्षीय स्कुले छोरासँगै छन् । १२/१३ वर्षकै उमेरदेखि भारत जान थालेका विकलाई चुनाव भन्नेबित्तिकै जितेका नेताहरूले केही काम गर्छन् कि भन्ने आस पनि लाग्छ ।

उनको मनमा गाउँमा सडक, स्कुल र स्वास्थ्यचौकीजस्ता भौतिक संरचना निर्माण हुँदा मजदुरी गर्न पाइन्छ कि भन्ने आस पनि छ । नेताहरूले पनि हरेक निर्वाचनमा रोजगारीको अवसर खोजिने आश्वासन दिँदै आएका छन् ।

तर, अवस्था भने अझै उस्तै रहेको विकले बताए । ‘गाउँमा भोट माग्न जाँदा अब भारत गइरहनु पर्दैन भन्छन्,’ उनले भने, ‘चुनाव जितेपछि नेताहरू काठमाडौं लाग्छन्, हामी काम खोज्दै भारत पस्छौं । आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री