बिहीबार, ६ वैशाख २०८१

माओवादी बैठकमा किन भयो ओलीको यस्तो आलोचना

समयपोष्ट २०७४ पुष ३ गते १६:४२

नेकपा माओवादी केन्द्रका नेताहरुले सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्नेमा  जोड दिएका छन् ।

Advertisement

चुनावपछि पार्टी एकता गर्नेगरी एमाले र माओवादी केन्द्र  वाम गठबन्धन  बनाएर निर्वाचनमा होमिएका थिए ।  चुनावमा साझा उम्मेदवार तय गरेका दुई पार्टी  अहिले एकीकरण  र सरकार निर्माणको तयारीमा जुटेका बेला माओवादीले यस्तो जोड दिएको हो ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा बोल्ने नेताहरुले पार्टी एकता हुँदा पदको सम्मानजनक बाँडबाँडमा समेत जोड दिएका छन् ।

बैठकको सुरुमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनमत एकताको पक्षमा रहेको भन्दै  त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका  थिए ।  बैठकमा छोटो मन्तब्य राखेका प्रचण्डले एकताका विषयमा नेताहरुसँग राय मागेका थिए ।

सोलगत्तै आफ्नो धारणा राखेका   नेताहरुले  दुई कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने भएपनि पद बाँडफाँड ‘सम्मानजनक’ हुनुपर्नेमा जोड दिएका थिए ।
बोल्ने अधिकांश नेताहरुले कुनै पनि हालतमा  एकतापछि तीन ओटै पद   केपी ओलीलाई दिन नहुने प्रचण्डलाई सुझाव दिएका थिए ।

‘नेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रम र  अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ । त्यो कुनै पनि हालतमा स्वीकारै हुन्दैन । यसमा नेतृत्व स्पष्ट हुनु जरुरी छ’ उनीहरुको जोड थियो ।

यस्तै उनीहरुले पार्टी एकता र सरकार गठनलाई एकैसाथ अघि बढाउनुपर्नेमा समेत  जोड दिएका थिए ।

कार्यालय सदस्य उर्मिला अर्याल, मातृका यादव र देव गुरुङले अन्तर्घातका कारण विभिन्न निर्वाचन क्षेत्रमा पार्टी पराजित  हुन पुगेको आरोप बताएका थिए ।  उनीहरुले छानबिन समिति बनाएर  अन्तर्घात गर्नेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिएको एक नेताले रातोपाटीलाई बताए ।

विषेशगरी गोरखा क्षेत्र नम्बर २ को  चुनावी नतिजालाई लिएर बोलेका केहि नेताले त्यहाँ  नारायणकाजी श्रेष्ठ प्रकाश हार्नुको कारण नै अन्तर्घात भएको दाबी गरेका थिए ।

यस्तै अर्का सदस्य पर्शुराम तामाङले  बिचार, संगठन र नेतृत्वको विषयमा   पार्टी स्पष्ट हुनुपर्नेमा जोड दिँदै  सरकार बनाइहाल्ने  तर पार्टी एकताचाहिँ पछि गरिए त्यो गम्भीर गल्ती हुने  धारणा राखे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री