शुक्रबार, १४ वैशाख २०८१

दुर्घटना बढ्न थालेपछि हेभी सवारी साधनमा रोक !

समयपोष्ट २०७४ पुष ३ गते १५:१३

बुटवलमा दिनानुदिन सडक दुर्घटना भइरहेकोप्रति यहाँका विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

सवारी दुर्घघटना न्युनीकरणका लागि बुटवलको निर्माणाधिन व्यस्त सडक र त्यसमा पनि तीव्रगतिमा टिपरलगायतका हेभी सवारी साधनका लागि निश्चित रुट र समयतालिका निर्धारण गरी सञ्चालन गर्न पनि ती संगठनले माग गरेको छ ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डे, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रुपेश पौडेल र अखिल (छैठौं) का जिल्ला अध्यक्ष सरोजमान सिंहद्वारा आज संयुक्तरुपमा हस्ताक्षरित  विज्ञप्तिमा आइतबार बिहान बुटवलको व्यस्त बजार अस्पताल लाइनमा स्कुटरलाई टिपरले ठक्कर दिई विद्यार्थी आन्दोलनका योद्धा, बुटवल बहुमुखी क्याम्पसका पुर्व स्ववियु उपसभापति, सञ्चारकर्मी, राष्ट्रिय जनमोर्चाका नेता दलबहादुर भण्डारीको निधन भएकोप्रति दुःख व्यक्त गर्दै पीडित पक्षलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ ।

विद्यार्थी संगठनको संयुक्त बैठकले सवारी चाप बढी हुने समय बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म र दिनको ३ः०० बजेदेखि ५ः०० बजेसम्म टिपर बन्द नै गर्नुपर्ने, बजार क्षेत्रमा गति सिमित गर्नुपर्ने र ओभर लोड हटाउन सम्बन्धित पक्षसँग माग गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री