बिहीबार, १३ वैशाख २०८१

जहाँ जल्नका लागि शवलाई एक रात छाडिन्छ

समयपोष्ट २०७४ पुष ३ गते १:५१

काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ शवलाई आगो सल्काई मलामी घर फर्कन्छन्। र भोलिपल्ट मात्र खरानी सेलाउन पुग्छन्।

Advertisement

दन्त्यकथा जस्तो लाग्ने यो चलन हो, कीर्तिपुरको। कीर्तिपुर ७ पाँगा क्षेत्रका नेवार समुदायमा अहिले पनि शवलाई चितामा राखेर आगो लगाए पछि  एक रातिका लागि घाटैमा छाडिदिने चलन छ।  शान्ति लामाले आजको नागरिकमा लेखेकी छन्।

पाँगा क्षेत्रका नेवार समुदायमा कसैको मृत्यु हुँदा दाहसंस्कारका लागि स्थानीय विष्णुदेवी मन्दिरको घाटमा  लैजाने गरिन्छ। घाटमा पुर्‍याएपछि शवलाई चितामा राखि दागबत्ती दिइन्छ। दागबत्ती पछि चितामा आगो सल्काएपछि क्रियापुत्री र मलामी घर फर्कन्छन्।

सामान्य हिन्दु संस्कारमा यसरी चितामा आगो सल्काएपछि शव नजलुन्जेल घाटमै बस्ने चलन छ। शव जलिसकेपछि विधिपूर्वक खरानी पखालेर क्रियापुत्रीसहित मलामी घर फर्कने गर्छन्। तर पाँगामा भने शवलाई आगो लगाएर घर फर्केमा मलामी र मृतकका आफन्त भोलिपल्ट बिहान मात्र घाट पुग्छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री