मंगलबार, २ कार्तिक २०७८

प्रचण्ड र ओलीको ‘मह’ मित्रता

समयपोष्ट २०७४ पुष २ गते ८:४७

कुसुम भट्टराई
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भएको बाम गठबन्धन सफल भएको छ । मुलुकमा बामपन्थीहरुको दुइतिहाइ पुगनपुग बहुमत देखिएको छ । वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादवको सँघीय समाजवादी फोरमसमेत मिल्ने हो भने दुइ तिहाइ बहुमतको सरकार बन्ने पक्का पक्की छ ।

Advertisement

मुलुकमा बामपन्थीहरुको यस्तो महाविजयका लागि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आपसी मित्रताले ठूलो भूमिका निर्वाह गरेको छ । नेपाली राजनीतिमा यतिबेला ओली र प्रचण्डको केमेस्ट्री मिल्नु भनेको मुलुकको समृद्धिकै लागि महत्वपूर्ण बन्न पुगेको छ

वास्तवमै यी दुइ नेताको मित्रता हरीवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मित्रता झैं गहिरो देखिन्छ ।
हामीले इतिहास नियाल्यौं भने बिगतमा दुइ नेताहरुवीच यसखालको मित्रता कमै भएको पाउँछौं । एउटै पार्टीमा रहेका दाजु भाइ मातृका कोइराला र विपी कोइरालावीचमै मिलाप हुन सकेन । विपी र मातृकाको नेतृत्व कलहकै कारण भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र राजा महेन्द्रले नेपालमा लोकतन्त्रको खिलाफमा चलखेल गरे । त्योबेला कम्युनिष्ट पार्टीको नेतृत्व गरेका सँस्थापक अध्यक्ष पुष्पलाल र काँग्रेस नेता विपीवीच पनि राजनीतिक मिलाप हुन सकेन ।

हुन त पुष्पलालले राजा या दरबारलाई मुख्य दुश्मन मान्दै काँग्रेससँग मिलेर प्रजातन्त्रका लागि सँघर्ष गर्ने ‘सँयुक्त जन आन्दोलन’को लाइन ल्याएका थिए । विपीले मानेको भए उतिबेलै मुलुकमा प्रजातन्त्र आउँथ्यो । तर, कम्युनिष्टहरुप्रतिको उग्र विरोधी रवैया र सोच बोकेका विपीले पुष्पलालसँग सहकार्य गर्नुको साटो मेलमिलापको नीतिका नाममा ‘राजासँग मेरो घाँटी जोडीएको’ भन्न थाले । तर, राजा र वीपीवीच पनि कुनै मिलाप त थिएन, किनकी दुबै अलग अलग धातुले बनेका थिए । कम्युनिष्टसँग मिलेको भए हुन्थ्यो, उनी राजातीर नै ढल्कीए ।

Advertisement

एउटै कम्युनिष्ट पार्टीभित्र रहेर पनि पुष्पलाल र मोहनविक्रमवीच मिलाप भएन । यी दुइ नेता मिलेको भए पनि कम्युनिष्ट आन्दोलनले धेरै उचाइ लिन्थ्यो होला । तर, मोहनविक्रमले पुष्पलाललाई ‘गद्दार’सम्म भने ।

बिपीको सेखपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइ, मनमोहन अधिकारी, मदन भण्डारी र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरु राजनीतिमा शक्रिय थिए । तर, यी नेताहरु कसैको कसैसँग हार्दिक र मित्रवत मिलाप रहेन । गणेशमान र किशुनजीवीच एक खालको निकटता त थियो, तर त्यो मुलुकको राजनीतिलाई प्रभावित पार्ने खालको भन्दा पनि भावनात्मक बढी थियो र खासगरी गिरिजाप्रसाद कोइरालाको सेखी झार्ने हिसाबको मित्रता थियो ।

हो, बाहीर सतहमा स्पष्ट रुपमा प्रकट नभए पनि त्योबेला एमाले नेता मदन भण्डारी र राजा वीरेन्द्रवीच मुलुकको राष्ट्रियताको रक्षा र विकासका सन्दर्भमा घनिष्ठता बढदै गएको थियो । छिमेकी मुलुक भारतले टनकपुरलगायतका सन्धीमा ठगीरहेको सन्दर्भमा मदन भण्डारी नेतृत्वको एमालेले त्योबेला सदनमा टनकपुर सन्धीको विपक्षमा शसक्त आवाज उठाइरहेको थियो र राजा वीरेन्द्रमा पनि ‘मदन भण्डारी राष्ट्रवादी नेता’ भन्ने छाप परेको थियो । मुलुकमा गणतन्त्र स्थापना भएमा आफु नरोद्दम सिँहानुकजस्तो भएर बस्नसमेत राजा वीरेन्द्र तयार रहेको भन्ने चर्चाहरु पनि सुनीन्थ्यो । त्योबेला छिमेकी मुलुक चिन, राजा र मदन भण्डारीवीच नेपालको समृद्धिका लागि एक खालको सम्बन्ध विकसीत हुँदै गएको भन्ने पनि सुनीन्छ । तर, राजा वीरेन्द्र र मदन भण्डारीवीचको सहकार्यले आकार लिन नपाउँदै दासढुँगा दुर्घटनामा भण्डारीको रहष्यमय दुर्घटना भयो भने दरबार हत्याकाण्डमा वीरेन्द्रको पनि वंश बिनास भयो ।

यसवीच मुलुकमा जनयुद्ध चरम उत्कर्षमा पुग्यो । उता, राजा ज्ञानेन्द्रको शासन सुरु भयो । जनता मरीरहने, केही टाठाबाठाले काठमाडौंमा द्वन्द्व भजाएर मोज गरीरहने अवस्था देखेपछि माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइको मित्रताले क्रान्तिलाइ नयाँ चरणमा प्रवेश गरायो । प्रचण्ड र बाबुरामवीचको मित्रता र सहकार्यले जनयुद्धलाई नयाँ उचाइमा पु¥याएन मात्र, शान्ति प्रकृयालाई एउटा निचोडमा पु¥यायो । नेपाली राजनीतिको एउटा कालखण्डमा बाबुराम र प्रचण्डको जोडीले पनि सार्थक र निर्णायक भूमिका निर्वाह गरेकै हो । खासगरी सँघीयता, धर्म निरपेक्षता र गणतन्त्रका पक्षमा जनतालाई जुरुक्क उठाउन प्रचण्ड र लालध्वजको जोडी सफल भयो ।

यसपछि मुलुकमा देखा प¥यो, प्रचण्ड र गिरिजाको जोडी । हिशात्मक विद्रोहको नेतृत्व गरीरहेका प्रचण्ड र शान्तिपूर्ण सँसदीय अभ्यास गरीरहेका गिरिजाप्रसाद कोइरालावीच दिल्लीमा बाह« बुँदे समझदारी भयो । यी दुइ नेताहरुको केमेस्ट्री पनि मिलेकै हो । किनभने दुबै नेता वार्तामा बस्नासाथ एक से एक जटील विषयले निकास पाइहाल्थ्यो । सेना समायोजनदेखि सँविधानसधा निर्वाचन अनि रजतन्त्रको बिदाइजस्ता सँक्रमणकालीन अभिभारा कम चुनौतीपूर्ण थिएनन्, तर प्रचण्ड र गिरिजाको आपसी मित्रता र घनिष्ठताले ति चुनौतीलाई सहजै सामना ग¥यो ।

गिरिजाबाबुको सेखपछि केही समय प्रचण्ड एक्लैको नेतृत्वमा मुलुकको राजनीतिक प्रकृया अघि बढीरहेको थियो । तर, सँविधान बन्न सकिरहेको थिएन । २०७२ सालमा महाबिनाशकारी भुकम्प आयो । अनि सबै नेताहरु सजग भए । प्रचण्ड र एमाले नेता केपी ओलीवीच एक खालको घनिष्ठता बढदै गयो । अन्ततः नेपाली राजनीतिमा फेरी अर्को नेतृत्व जोडीको उदय भयो, प्रचण्ड र ओलीको जोडी ।
यही जोडीको बलमा मुलुकमा सँविधान बन्यो जारी भयो । विचमा केही खटपट भए पनि अन्ततः अहिले आएर यही जोडीको बलबुतामा मुलुकमा सँविधान कार्यान्वयन भएको छ र बामपन्थीहरुको भारी बहुमत आएको छ । एमाले र माओवादी केन्द्रको एकता हुँदैछ ।

कार्यक्रमहरुमा प्रचण्ड र ओलीलाई एउटै मँचमा देख्दा दुबै पार्टीका कार्यकर्तामा एकखालको उत्साह, हौसला र उर्जाको सँचार हुने गरेको छ । धेरै चुनावी सभाहरुमा प्रचण्ड र ओली एक साथ सहभागी हुँदा जनता र कार्यकर्तामा बेग्लै गुणात्मक प्रभाव प¥यो । सँयूक्त पत्रकार सम्मेलनमा यी नेताहरु सहभागी भएर आफ्ना कुरा राख्दा हरेक एजेण्डामा बिपक्षी परास्त हुने अवस्था बन्ने गरेको छ । प्रचण्ड र ओलीको सँयुक्त ओज यति बलियो छ कि त्यसका सामु विपक्षी नेताहरु फिका पर्ने गरेका छन् ।

प्रचण्ड र ओलीवीच आपसमा मिलेका रसायन झैं जोडीएका छन् । कसैले फुटाउन या अलग गर्न चाहेर पनि अलग हुन नसक्ने खालले जोडीएका छन् । यो मित्रताको जगमा राष्ट्रियता र समृद्धिको एजेण्डा छ । प्रचण्ड र ओलीको जोडी पनि मदनकृष्ण आचार्य र हरीवंश आचार्यको मह जोडीजस्तो हुन पुगेको छ । मित्रताको उन्नत उपमा दिनुपर्दा ‘मह जोडी’को उदाहरण दिने गरीन्छ । एउटा नेवार, अर्को बाहुन

तर, उनीहरुको मित्रता आजसम्म कायम छ । हुन पनि दर्शक र श्रोताले उनीहरुलाई मिलेकै देख्न चाहीरहे । मदन र हरी दुबैले अलग–अलग भान्सामा खिचडी पकाएर पस्कीएको दर्शक पाहुनालाई मनै परेन । यही कारण दुबै एक भएका हुन् । ठिक यसैगरी जनताले प्रचण्ड र ओलीलाई पनि एक साथ मिलेर समृद्धिमा लाग्न म्यान्डेट दिएका हुन् । प्रचण्ड र ओली दुबै एक्ला एक्लै हिँडेमा दुबैको खैरीयत छैन । जनता चाहन्छन्, प्रचण्ड र ओलीको ‘मह’को जस्तो मित्रता सदा कायम रहोस् । कलाकारीता क्षेत्रमा मह जोडीले तहल्का मच्चाए झैं मुलुकको समृद्धिमा प्रचण्ड ओली जोडीले तहल्का मच्चाओस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री