शुक्रबार, ७ वैशाख २०८१

प्रचण्ड राष्ट्रपति कि प्रधानमन्त्री ?

समयपोष्ट २०७४ पुष २ गते ३:३७

वाम गठबन्धन निर्माणमा लामो समयदेखि सक्रिय नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिखेर हर्ष र विस्मातको दोसाँधमा छन् । खुसी यस अर्थमा कि उनले निकै कसरत गरेपछि बनेको गठबन्धनले अपत्यरिलो जनसमर्थन प्राप्त गरेको छ । तर, स्वयं श्रेष्ठले भने आफ्नै निर्वाचन क्षेत्रबाट नमिठो नतिजा बेहोर्नुपर्यो ।

Advertisement

प्रचण्डका विगतका व्यवहार  हेर्दा उहाँ एकदमै अस्थिर चरित्रको देखिनुहुन्छ । अहिले पनि उहाँले बार्गेनिङ गर्न पर्याप्त शक्ति आर्जन गर्नुभएको छ । यसैका आडमा उहाँले फेरी पनि पुरानै चरित्र प्रदर्शन गर्नुहुन्छ कि ?

कमरेड प्रचण्डका बारेमा अस्थिरताको कुरा गरिन्छ । मूलभूत रुपमा म त्यसलाई गतिशीलता भन्छु र त्यसभित्र बेलाबेलामा अस्थिरता देखा पर्दै परेन म भन्दिनँ । अहिलेको हकमा म प्रष्ट भन्न सक्छु उहाँ यो एकता प्रक्रियालाई छिटो सकारात्मक टुंगोमा पुर्याउने पक्षमा हुनुहुन्छ ।

अब प्रचण्ड सेरेमोनियल भएर बस्नुहुन्छ कि कार्यकारी भूमिका खोज्नुहुन्छ ?

एकीकृत पार्टीको कुनै पद सेरेमोनियल बनाउने र कुनै कार्यकारी बनाउने भन्नेबारे छलफल नै भएको छैन । दुवै पार्टीको अवधारणा अहिलेसम्म अध्यक्ष नै कार्यकारी हुने प्रकृतिको छ । एकीकृत भएपछि पनि सेरेमोनियल पदको कल्पना गरिएको छैन । जे भए पनि कार्यकारी पद हुन्छ । के हुने भनेर हामीले व्यक्तिगत  रुपमा वा हाम्रो पर्टीले मात्र सोच्नुपर्ने अवस्था छैन । दुबै वार्टीबाट आएका प्रस्तावमा छलफल गरी टुंगो लगाउँछौं ।

कि राष्ट्रपति बन्नुहुन्छ ?

अहिले नै उहाँ सेरेमोनियल पदमा रहने कुरा सायद राष्ट्रको मागबमोजिम हुँदैन र उहाँ त्यसको निम्ति तयार पनि हुनुहुन्न । एकीकृत पार्टी बनाइछाड्ने र वामपन्थी सरकारमार्फत समाजवादउन्मुख समृद्ध नेपाल निर्माण गरी छाड्ने हाम्रो मिसन छ । त्यो पूरा गर्न हामी सबैको सक्रिय भूमिका र त्यसमा पनि एमाले अध्यक्ष कमरेड केपी ओलीसहितको टिम र हाम्रो पार्टी अध्यक्ष प्रचण्ड सबैको कार्यकारी भूमिका आवश्यक छ ।

नारायणकाजी श्रेष्ठको आजको नेपाल(साप्ताहिक)मा छापिएको अन्तरर्वाताको अंश

प्रतिक्रिया

सम्बन्धित सामाग्री