बिहीबार, १३ वैशाख २०८१

नेताको गलामा अढाइ करोडको माला

समयपोष्ट २०७४ पुष २ गते ०:५९

तिहार सकिएको दुई महिना बितिसकेको छ।  तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ।

Advertisement

तिहार लगत्ततै चुनावी कार्यक्रम सुरू भएकाले  नेताहरूङ्को स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेको छ।

पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको स्रोत बनेको छ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार चुनावी कार्यक्रमको करिब एक महिनामा करिब २ करोड ५० लाख भन्दा बढी रकम बराबरको मालाको कारोबार भएको छ।

किरण आचार्यले आजको कारोबारमा लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री