शनिबार, ८ वैशाख २०८१

प्रचण्ड र कटवाल अब छिमेकी

समयपोष्ट २०७४ पुष १ गते ९:५८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद कटवाल अब छिमेकी भएका छन् ।

Advertisement

केही वर्षदेखि बस्दै आएको लाजीम्पाटस्थित निवास छाडेर प्रचण्डको परिवार खुमलटार सरेको छ । पुर्व प्रधानसेनापति कटवाल पनि खुमलटारकै बासीन्दा हुन । ललितपुरको सात दोबाटो चोकबाट पुर्व गोदावरी जाने बाटोतर्फ लाग्नासाथ खुमलटार एरीया सुरु हुन्छ ।

ललितपुर–१५ स्थित खुमलटार हाइटस्थित नयाँ घरमा शुक्रवार साँझबाट प्रचण्डको बसोबास सुरु भएको हो ।

प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सीनाका अनुसार प्रचण्डले शुक्रबार राती खुमलटारकै निवासमा बिताए । शनिवार विभिन्न व्यक्तिहरुसँगको भेटघाट भने लाजीम्पाटस्थित निवासमै गरे ।

‘लाजीम्पाटका सबै सामान सार्न बाँकी छ । खुमलटारको घरमा पनि स्ट्रक्चर बन्दैछ । पूर्ण रुपमा नयाँ ठाउँमा सिफ्ट हुने अझै एकहप्ता लाग्ला’, मनहरीले समयपोष्टलाई बताए ।

स्मरणरहोस्, खुमलटार हाइटमै पुर्व प्रधानसेनापति रुक्मांगत कटवालको पनि निवास छ ।
‘अब प्रचण्डजी र कटवालजी छिमेकी हुुनु भएको मैले खबर पाएँ, हाम्रो खुमलटारमा देशका यस्ता दिग्गज नेता आउनु राम्रै कुरा हो’, खुमलटार हाइटमै घर भएका नेपाल उद्योग वाणिज्य महासँघका पूर्व अध्यक्ष महेशलाल प्रधानले भने ।

पहिलो सँविधानसभा निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री भएको बेला कटवाल प्रधान सेनापति थिए । प्रचण्ड सरकारले कटवाललाई हटाउन खोज्दा तात्कालीन राष्ट्रपती डा. रामवरण यादवले कार्यकारी प्रमुखको निर्णयलाई चुनौती दिदै कटवाललाई नै कायम राखेका थिए । जसले गर्दा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो । त्यो घटना नेपाली राजनीतिमा ‘कटवाल प्रकरण’का रुपमा चर्चित छ ।

नयाँ घर

समय र परिस्थितिले प्रचण्ड र कटवाललाई छिमेकी बनाइदिएको छ ।
हुन पनि प्रचण्डलाई लाजीम्पाटको निवास कहिल्यै फापेन । लाजीम्पाटको सो भवनलाई लिएर सुरुमै अनेक नकारात्मक प्रचारहरु पनि भए । प्रचण्ड स्वयंले त्यो भव्य भवन खरिद गरेकोजस्ता आक्षेप लगाइए । अब भने त्यो भवन उनको नभएको स्पष्ट भएको छ ।

सोही भवनमा रहँदा उनकी पुत्री ज्ञानु दाहाल र पुत्र प्रकाश दाहालको अल्पायुमै निधन भयो । अर्कोतीर माओवादी पार्टीमा पनि फुट र विभाजन देखापर्यो । मुलुकले पनि २०७२ सालको महाभुकम्प अनि भारतको नाकाबन्दीलगायतका सँकटहरु व्यहोर्नुपर्यो ।

कम्युनिष्टहरु वास्तुशास्त्र या भाग्यमा विश्वास राख्दैनन् । तैपनि, त्यो भवनमा रहुञ्जेल प्रचण्डका दिनहरु त्यति शुभ रहेनन् । लाजीम्पाट निवासमा पुत्र र पुत्रीको झझल्को आइरहने भएकाले सम्भवतः नयाँ परिवेशमा घुलमील हुन प्रचण्डको परिवारले डेरा सरेको बुझीएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री