बिहीबार, १५ चैत २०८०

‘मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु’

समयपोष्ट २०७४ पुष १ गते ४:०८
भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो ।
केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो ।
बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय मिडियामा छाउनु अनौठो थिएन तर बलिउडकी ‘हट’ नायिका सनी लियोनीसँग दाँजिएपछि भने उनको चर्चा झन चुलियो । भारतीय मिडियाले भिराएका ट्याग अदितीलाई भने कस्तो लाग्यो ?
शुक्रवार ‘कृ’को ट्रेलर रिलिज कार्यक्रममा पहिलो पटक मिडिया फेस गरेकी अदितीले भनिन्, ‘मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु । म सधै अदिती बुढाथोकीको रुपमा आफूलाई परिचित गराउन चाहन्छु ।’
ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीले पनि अदितीको कामको खुलेरै प्रशंसा गरे । अनमोल भन्छन्, ‘अदिती निकै मिहिनेत गर्छिन् । म उनको कामबाट प्रभावित छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री