शुक्रबार, १६ चैत २०८०

बिहान ७ः३० बजे सम्मको समानुपातिक मतपरिणाम यस्तो छ

समयपोष्ट २०७४ पुष १ गते २:४७

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ः३० बजे प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली काँग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन् ।

Advertisement

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार हाल सुन्सरी र सर्लाहीको मतगणना जारी छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री