बिहीबार, १३ वैशाख २०८१

पुरुषको समानुपातिकबाट सांसद बन्ने अवसर गुम्दै

समयपोष्ट २०७४ पुष १ गते २:१२

मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरु न्यून देखिए । त्यसमा पनि विजयी हुने महिलाहरुको संख्या झन् न्यून भयो । संविधानले संघीय संसद् (प्रतिनिधिसभा तथा प्रदेशसभा) मा ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ ।

Advertisement

प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएका सबै महिला उम्मेदवार पराजित हुँदा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सात महिला उम्मेदवार विजयी भएका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभामा १ सय १० जना (३३ प्रतिशत) महिला सांसद हुनुपर्ने बाध्यकारी व्यवस्थाका कारण अब समानुपातिक प्रणाली र राष्ट्रियसभाबाट १ सय ३ जना महिला मनोनित हुनुपर्नेछ ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट मात्रै महिलाको प्रतिनिधित्व गराएको अवस्थामा भने २९ जना पुरुष मात्र निर्वाचित हुने अवस्था छ । राजधानी दैनिकबाट 

प्रतिक्रिया

सम्बन्धित सामाग्री