बिहीबार, १३ वैशाख २०८१

प्रुडेन्सियलको ३० प्रतिसत् हकप्रद जारी

समयपोष्ट २०७४ मंसिर २९ गते ८:००

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्कासन गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मुल्यमा १२ लाख ८३ हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।

Advertisement

कम्पनीको हकप्रदमा पुस ९ देखि माघ २१ गतेसम्म आवेदन दिन सकिन्छ ।  मंसिर १४ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदमा  एनआर्इसी एसिया क्यापिटल बबरमहल, आस्वा सुविधा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुबाट, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको हालको चुक्ता पूँजी ४२ करोड ६७ लाख रुपैयाँ छ भने हकप्रद निष्कासन पछि ५५ करोड ५९ लाख रुपैयाँ पुग्नेछ। हकप्रद शेयर बाँडफाँड सँगै कम्पनीको संस्थापक तर्फका शेयरधनीको ८० प्रतिशत अर्थात ४४ करोड ४७ लाख रुपैयाँ पुग्नेछ भने सर्वसाधारणतर्फ २० प्रतिशत अर्थात ११ करोड ११ लाख रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री