बिहीबार, १३ वैशाख २०८१

‘पहिले अध्यादेश अनि पद त्याग’

समयपोष्ट २०७४ मंसिर २९ गते ०:३४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएलगत्तै पद त्याग गर्ने बताएका छन्।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भनेका थिए, ‘तपाईंले राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गर्नासाथ म पद त्याग गर्छु।’

सरकारले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरे पनि चुनाव प्रणाली विवादमा दलहरू छन्।

सरकारले राष्ट्रियसभाको चुनाव एकल संक्रमणीय व्यवस्थाअनुसार हुनुपर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी त्यसको विपक्षमा छन्। सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको एक महिना भइसकेको छ।

‘राष्ट्रियसभा अध्यादेश टुंगिनासाथ म सहज रूपमै प्रधानमन्त्रीको पद हस्तान्तरण गर्दछु’ देउवालाई उद्धृत गर्दै उनका प्रेस संयोजक गोविन्द परियारले भने। आजको अन्नपूर्णपोष्टमा चिरञ्जीवी ढुंगानाले लेखेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री