शुक्रबार, १६ चैत २०८०

लक्ष्मी बैंकको १० प्रतिशत बोनस शेयर पारित, चुक्ता पूँजी ८ अर्ब २२ करोड पुग्यो

समयपोष्ट २०७४ मंसिर २८ गते १०:३९

लक्ष्मी बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
बिहिवार सम्पन्न साधारणले सभाले १० प्रतिशत बोनस शेयर पारित गरेसंगै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम ८ अर्ब चुक्ता पूँजी पुर्याउन सफल भएको छ । साधारण सभाबाट पारित बोनस शेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड पुगेको छ ।

Advertisement

साधारण सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७३/०७४ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७३/७४ मा रु ५९.३२ अरब निक्षेप र रु ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु ७० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफाआर्जन गर्न सफलभएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामकव्यवस्थाअनुरुपनै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आफ्नाशाखाहरु तथा सूचनाप्रविधिको माध्यमबाट बृहत स्तरमा सेवाप्रदानगर्न सफलभएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बैंक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षमप्रविधीलगायतउत्तमव्यवस्थापनभएको बैंकको रुपमालक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

लक्ष्मी बैंक एक हरित कम्पनीहो र यसले इन्टरनेट, कार्ड तथामोवाइलफोन जस्ता प्रविधिकामाध्यमको उच्चतमप्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवाप्रदानगर्न सक्षमभएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवाप्रदानगर्ने सहायककम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायककम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरीलघुवित्त सेवाप्रवाहगरिरहेको छ ।

लक्ष्मी बैंकले लक्ष्मी इक्विटि फण्ड नामक दोश्रो म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री