बिहीबार, १५ चैत २०८०

मतदाताको घर दैलोमा पुगेर समस्या सुन्दै बीना

समयपोष्ट २०७४ मंसिर २८ गते ५:२८

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र्रका उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गरेककी छिन् ।

Advertisement

मतदाताको मतको कदर गर्दै उनले गुनासो सम्बोधनका लागि घरदैलो अभियान शुरु गरेकी हुन । बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेलडाँडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी—बेल्डाँडी सडक निर्माणको कार्य पहिलो प्राथमिकतामा रहेको बताईन।

उनले तुरुन्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही दिनमै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने बताईन। रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री