बिहीबार, ८ माघ २०७७

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

समयपोष्ट २०७४ मंसिर २८ गते १:०८

पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

Advertisement

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट बिहान ६ बजे प्राप्त जानकारीअनुसार नेकपा एमालेले २५ लाख ५५ हजार ५४५ मत, नेपाली काँग्रेसले २४ लाख ५८ हजार ७१४, नेकपा माओवादी केन्द्रले १० लाख चार हजार ८२८, संघीय समाजवादी फोरम नेपालले तीन लाख ४४ हजार २५९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ८४ हजार १३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६७ हजार ५२५ र विवेकशील साझा पार्टीले एक लाख ६७ हजार १३२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री