बिहीबार, १५ चैत २०८०

नेपालमा नक्कली नोटको बिगबिगी,एक जना पक्राउ

समयपोष्ट २०७४ मंसिर २७ गते १५:१६

नक्कली नोटसहित एक भारतीय नागरिक आज झापामा पक्राउ परेका छन् ।

Advertisement

९६ हजार नक्कली भारतीय नोटसहित पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ पक्राउ परेका हुन् ।

उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री