शनिबार, ८ वैशाख २०८१

सुनसरी ३ बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक: बाम गठबन्धनको दुई तिहाई

समयपोष्ट २०७४ मंसिर २७ गते १:२७

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ ।

कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलवार मध्यरातसम्म सार्वजनिक १६४ स्थानको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ । अब सुनसरी क्षेत्र नं ३ को मात्र परिणाम आउन बाँकी छ जहाँ कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिष्पर्धा छ ।

मंगलबार साँझ सार्वजनिक नतिजा मध्ये कैलाली २ मा एमालेका झपट बहादुर रावल, स्याङ्जा १ मा एमालेकै नारायणप्रसाद तिमल्सिना र क्षेत्र नं २ मै एमालेकी पद्मा कुमारी अर्याल विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा एमालेले ८० र माओवादी केन्द्रले ३६ स्थानमा विजय हासिल गरको छ । नेपाली काँग्रेसको २२ स्थानमा विजयी भएको छ भने संघीय समाजवादी फोरम ११ र राष्ट्रिय जनता पार्टी नेपाल ११ स्थानमा विजयी भएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नयाँ शक्ति पार्र्टी नेपाल एक, राष्ट्रिय जनमोर्चा एक र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ । स्वतन्त्रतर्फ एक उम्मेदवारले पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ पनि वाम गठबन्धनले दुईतिहाई भन्दा बढी स्थानमा जित हासिल गरेको छ । प्रदेशसभाका कुल ३३० निर्वाचन क्षेत्रमध्ये ३२९ स्थानको अन्तिम परिणाममा गठबन्धनले २४१ स्थानमा जित हासिल गरेको छ । प्रदेशसभातर्फ पनि एमाले १७० र माओवादी केन्द्र ७३ स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेसले ४० स्थानमा जित हासिल गरेको छ । नागरिकबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री