मंगलबार, ४ वैशाख २०८१

चर्चित अनुहार जसलाई जनताले किन पत्याएनन् ?

समयपोष्ट २०७४ मंसिर २६ गते १५:२८

रमेश लम्साल 

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो ।

विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका प्रा.डा. गोविन्दराज पोखरेल प्यूठानबाट पराजित भए । भारतका लागि नेपाली राजदूतसमेत रहेका दीपकुमार उपाध्याय र त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत डा. खगेन्द्र अधिकारी पराजित भए ।
राम्रो स्थानमा रहेको र काम गरेर जनताको मन जित्न सक्ने अवस्थामा रहेका ती व्यक्तित्वहरु निर्वाचन परिणामका आधारमा पराजित भएका हुन् । यस्तै लामो समय पत्रकारिता गरेर विवेकशील साझा पार्टीको संयोजकसमेत रहेका रवीन्द्र मिश्र पराजित हुँदा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा रहेका नवराज सिलवाल भने ललितपुर–१ बाट निर्वाचित भए ।

यस्तै विगतमा अनेक रुपमा गलत काममा नाम जोडिएका राजीव गुरुङले मनाङबाट प्रदेशसभामा विजयी हुँदा उस्तै प्रकृतिका उम्मेदवार भनेर प्रचारित गणेश लामाले भने निर्वाचनमा पराजय भोग्नुपर्यो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री