शुक्रबार, ७ वैशाख २०८१

वाम गठबन्धन दुई तिहाइ स्थानमा जित हासिल

समयपोष्ट २०७४ मंसिर २६ गते ०:४१

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ।

Advertisement

घोषित परिणामअनुसार एमाले-माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन्। एमालेले सबैभन्दा बढी ७६ र माओवादीले ३६ गरी कुल १ सय १२ स्थान जितेका हुन्।

कांग्रेसले २१, संघीय समाजवादी फोरमले १० र राजपाले १० स्थानमा जित हात पारेका छन्। नयाँशक्ति, राजमो, नेमकिपा र राप्रपाले एक-एक स्थानमा जित निकालेका छन् भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

अब ७ स्थानको मात्रै नतिजा आउन बाँकी छ। नतिजा आउन बाँकीमध्ये पाँच स्थानमा एमाले र दुई स्थानमा राजपाको अग्रता छ।

३ सय ३० सिटको प्रदेशसभामा भने वाम गठबन्धनले २ सय २७ र कांग्रेसले ३९ स्थान जितेका छन्। त्यसैगरी, संघीय समाजवादी फोरम नेपाल २२, राष्ट्रिय जनता पार्टी नेपाल १५, राष्ट्रिय जनमोर्चा नेपाल २, नयाँ शक्ति २, नेमकिपा १ र स्वतन्त्र २ सिटमा विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री