शनिबार, ८ वैशाख २०८१

फरार सूचीमा रहेका चौधरी २१ हजार मतान्तरले विजयी

समयपोष्ट २०७४ मंसिर २६ गते ०:३३

टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै फरार सूचीमा रहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसद निर्वाचित भएका छन्।

Advertisement

मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गरी राजपाबाट उम्मेदवार बनेका चौधरी विजयी भएका हुन्।

चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका छन् भने शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन्।

प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान गएको थियो।

सोही घटनामा चौधरीको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको छ।

प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री