बिहीबार, १३ वैशाख २०८१

सिरहा–१ मा काँग्रेसका प्रदीप गिरि विजयी

समयपोष्ट २०७४ मंसिर २५ गते ८:०४

सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी भएका छन् ।
गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे ।

Advertisement

यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का अशोक यादव विजयी भएका छन् । उनले ११ हजार ११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गरे ।

यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गरे । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री