शुक्रबार, ७ वैशाख २०८१

मतपत्रमा २० रुपैयाँ भेटिएपछि …..

समयपोष्ट २०७४ मंसिर २५ गते ७:५९

सुनसरी क्षेत्र नम्बर ३ – मा मतपत्रमा २० रुपैयाँको नोट भेटिएको छ ।  झन्डै २० हजार मत गन्न बाँकी छदा मतपत्रमा पैसा भेटिएपछि त्यो भोट हेर्दै नहेरी बदर  गरिएको  सुनसरी–३ का निर्वाचन कार्यालयका सूचना अधिकारी शशी राईले जानकारी दिए ।  कानुनतः मतपत्रमा पैसा भेटिएपछि त्यो मतपत्र बदर हुन्छ।

Advertisement

केही राजनीतिक दलले विरोध गरेपछि मतगणना केही समयको लागि रोकिएको थियो ।

सो क्षेत्रमा कांग्रेसबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदार र एमालेबाट भगवती चौधरीबीच मुख्य प्रतिष्पर्धा रहेको  छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री