बिहीबार, १५ चैत २०८०

 चितवन ३- बाट नौ हजार ३४१ मतान्तरले प्रचण्ड निर्वाचित

समयपोष्ट २०७४ मंसिर २५ गते ६:५७

चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

Advertisement

अध्यक्ष प्रचण्डले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गरेका हुन् ।
प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए। चितवन क्षेत्र नं ३ मा ९३ हजार ८१३ मत खसेको थियो भने तीन हजार ५२० मत बदर भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री