बुधबार, १२ वैशाख २०८१

पूर्वराजदूत दीपकुमार उपाध्यायलाई हराउँदै माओवादीका चक्रपाणि खनाल विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते १२:४९

कपिलवस्तु जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाल २९ हजार ७९९ मत ल्याई निर्वाचित भएका छन् ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ प्राप्त गरे ।

क्षेत्र नं २ मा वाम गठबन्धनबाट सूर्य चुनाव चिह्न लिई उम्मेदवार बनेका बृजेशकुमार गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत प्राप्त गरे ।

क्षेत्र नं ३ मा काँग्रेसका अभिषेकप्रताप साहले १९ हजार ८६६ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्ताले १५ हजार ८०३ प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री