शुक्रबार, १४ वैशाख २०८१

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको ‘वाकाथन २०१७’ सम्पन्न

समयपोष्ट २०७४ मंसिर २४ गते ३:४५

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले शनिवार ‘वाकाथन २०१७’ सम्पन्न गरेको छ । बैङ्कले विश्वव्यापी ‘सिइङ इज विलिभिङ’ अभियानका लागि रकम जुटाउन यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement

शनिवार बिहान बैङ्कको नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालयबाट शुरू भएको वाकाथन शाखा कार्यालय लाजिम्पाटमा पुगेर टुङ्गिएको थियो । लाजिम्पाट शाखाको डाइभर्सिटी एण्ड इन्क्लुशन काउन्सिलले ‘फ्यामिली फन फूड फेष्टिभल’ आयोजना गरेको थियो ।

हरेक वर्ष गर्दै आएको वाकाथनमा यस पटक बैङ्कका कर्मचारी, क्लाइण्ट, ग्राहक, पार्टनर संस्था माइती नेपाललगायतका करीब ४ सय जना सहभागी थिए । दृष्टिविहीन हुनबाट बच्ने उपायबारे जनचेतना जगाउन उक्त कार्याक्रम गरिएको बताइएको छ । यसैगरी दृष्टिविहीनलाई हेला गर्ने प्रवृत्ति हटाउन र आँखा कमजोर हुनेलाई प्रोत्साहन गर्न वाकाथन कार्यक्रम आयोजना गरिएको जानकारी आयोजकले  दिएको छ  ।

यसअघि ‘सिइङ इज विलिभिङ’ अभियानअन्तर्गत यस्तो कार्यक्रमबाट सङ्कलित रकम विभिन्न अस्पतालमा सहयोग गरिएको थियो, जसअनुसार विराटनगरको आँखा अस्पताललाई १० लाख अमेरिकी डलर प्रदान गरिएको छ । यस्तै, बैङ्कले तिलगङ्गा अप्थाल्मोलोजी इन्ष्टिच्युटलाई भक्तपुर र नुवाकोटमा सेवा विस्तारका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको थियो ।

उक्त कार्यक्रमको मुख्य प्रायोजक तारा म्यानेजमेण्ट प्रालि थियो भने नेशनल इन्स्योरेन्स कम्पनी र विश्वकर्मा सिमेण्टले सह–प्रायोजन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री