बिहीबार, १३ वैशाख २०८१

लमजुङमा बामपन्थीको कब्जा, प्रतिनिधीसभामा माओवादी केन्द्रका नेता देव गुरुङ्ग निर्वाचित

समयपोष्ट २०७४ मंसिर २३ गते १२:१९

लमजुङमा प्रतिनिधीसभा तर्फ माओवादी केन्द्रका नेता देव गुरुङ्ग निर्वाचित भएका छन् । बाम गठबन्धनको साझा उम्मेद्वार रहेका गुरुङ्ग नेपाली कांग्रेसका नेता दिल बहादुर घर्तीलाई ८ हजार बढी  मतान्तरले पछी पार्दै बिजयी भएका हुन् ।

Advertisement

गुरुङ्गले ३९ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी घर्तीले ३१ हजार ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै लमजुङको प्रदेशसभा तर्फ ‘ख’बाट नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका छन् । कांग्रेस नेता कृष्ण प्रसाद कोईरालालाई ८ हजार ६६ मतले पछी पार्दै गुरुङ प्रदेशसभामा निर्वाचित भएका हुन् ।

पृथ्वी सुब्बा गुरुङले २३ हजार ९८८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कृष्ण प्रसाद कोईरालाले १५ हजार १२२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहन बाध्य भएका छन् ।

लमजुङको प्रदेशसभा ‘क’बाट नेकपा एमालेका जिल्ला अध्यक्ष धनन्जय दवाडी निर्वाचित भएका छन् । बाम गठबन्धनको साझा उम्मेद्वार दवाडीले नेपाली कांग्रेसका गर्जबहादुर गुरुङलाई  ६ हजार ४०१ मतले पराजित गर्न सफल भएका छन् ।  दवाडीले २० हजार २४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गुरुङले १३ हजार ८४३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री