शुक्रबार, १६ चैत २०८०

स्टाण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्यो शतप्रतिशत बोनस सेयर

समयपोष्ट २०७४ मंसिर २३ गते ६:३०

स्टाण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुलाई एक बराबर एक अर्थात शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर २२ गते शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

Advertisement

बैंकले कर प्रयोजनका लागि प्रतिसेयर पाँच रुपैयाँ छब्बिस पैसाको दरले नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम उपयोगगरी उक्त परिमाणको लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । शतप्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ ।

2e3c22c5ce08aa475f1766259b2a53fc1512784393

प्रतिक्रिया

सम्बन्धित सामाग्री