बिहीबार, १५ चैत २०८०

प्रदेश नम्बर १ का सातै जिल्लामा वाम गठबन्धनक गठबन्धनका उम्मेदवारको अग्रता

समयपोष्ट २०७४ मंसिर २२ गते १०:५२

पहिलो चरणमा निर्वाचन भएका प्रदेश नं १ का सवै पहाडी ७ जिल्लामा भएको मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । 

Advertisement

यो प्रदेशमा रहेका सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङगा ताप्लेजुङ, पाँचथर  र खोटाङका प्रतिनिधिसभा सदस्य पदका बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका हुन् । सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाछ माओवादी केन्द्रका हेमकुमार राईले ७७३८ मत ल्याउँदा कांग्रेसका बलबहादुर केसीले ५३८८ मत ल्याएका छन् । 

संखुवासभामा गठबन्धनका राजेन्द्र गौतमले १९ ६३ मत ल्याउँदा कांग्रेसका दीपक खड्काले १९०३ मत पाएका छन् । भोजपुरमा बाम गठबन्धनका सुदन किरातीले ७३९२ मत ल्याउदा कांग्रेसका उमेशजंग रायमाझिले ४६३० मत ल्याएका छन् । त्यस्तै ओखलढुङगामा एमालेका यज्ञराज सुनुवारले १४३६६ ल्याउदा कांग्रेसका रामहरी खतिवडाले १३२५५ मत ल्याएका छन् ।

त्यस्तै ताप्लेजुङमा एमालेका योगेश कुमार भटराइले ११३५८ मत ल्याउदा केशवप्रसाद दाहालले ७३४३ मत ल्याएका छन्  भने पाँचथरमा बाम गठवन्धनका एमालेका बशन्तकुमार नेम्वाङले अग्रता कायम गरेका छन् । 

उनले ९ हजार ६८२ मत ल्याउँदा लोकतान्त्रिक गठवन्धनका कांग्रेसका उम्मेदवार भीष्मराज आङलेम्वेले ७ हजार २५१ मत ल्याएका छन् ।  त्यस्तै खोटाङमा एमालेका बिशाल भटराईले ९१५२ मत ल्याउदा कांग्रेसकी सरस्वती बजीमयले ५ हजार ९०८ मत ल्याएकी छन् । यो प्रदेका सात जिल्लामध्ये ४ मा एमाले र तिनमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री